खेलकुद देश

पाँचथर जिल्ला तेक्वाण्डो समिति गठन

विराटनगर,७ मङसिर–नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघ(आइटिफ)को पाँचथर जिल्ला समिति दिपेन्द्र तुम्वापो अध्यक्षता सात सदस्यीय आज गठन गरिएको छ। समितिका उपाध्यक्षद्वयमा मनोज खति , हर्कराज तुम्वापो, सचिवमा सुन्दर योङहाङ र कोषाध्यक्षमा रमेश निरौलालाई चयन गरिएको छ भने सदस्यहरुमा धारणा तेम्वाङग र नयन आङ्वो रहेका छन् ।

सो अवसरमा महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेशका अध्यक्ष प्रविणकुमार कार्कीले जिल्लामा यो खेललाई विस्तार गरी युवाहरुलाई खेलकूदप्रति आकर्षण गराउन समिति सफल हुने विश्वास व्यक्त गरे । अध्यक्ष कार्की एवं जिल्ला खेलकूद विकास समितिका पाँचथरका कार्यालयका प्रमुख मातृकाप्रसाद दाहालको उपस्थितिमा समिति गठन गरिएको हो ।

Featured