देश

देशभर १६७४ संक्रमित थपिए, २३२३ जना डिस्चार्ज

काठमाडौं, ६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा  ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आजसम्म १६ लाख ५२ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा कुल २ लाख १८ हजार ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कुल संक्रमित मध्ये १ लाख ९३ हजार ३२५ जना निको भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा मात्रै २ हजार ३२३ जना निको भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । देशभरका क्वारेन्टाइनमा ७५७ जना रहेका छन् ।

Featured