देश

मानव अधिकार दयनिय अवस्थामा : सरोकारवालाहरु

विराटनगर, भदौ ६–नेपालमा मानव अधिकारको अवस्था दयनीय अवस्थामा पुगेको आज विराटगरमा भएको एक कार्यक्रममा वक्ताहले बताएका छन् । देशमा कोही पनि सुरक्षीत अवस्थामा नरहेको उनीहरुको भनाई थियो ।

जनअधिकार अभियान नेपाल विराटनगरको आयोजनामा भएको वर्तमान राजनीतिक परिस्थिती र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले देश भ्रष्ट, दलाल र माफियाहरुको चुंगुलमा फस्दै गएको उनीहरुले बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र खतरामा परेको बताए । उनले सम्बन्धीत व्यक्तिहरुसँग छलफल नै नगरी प्रेश स्वतन्त्रता र मानव अधिकार विद्येयक ल्याएर सरकारले प्रेश स्वतन्त्रता संकुचनमा पारेको बताए । नेता कोइरालाले न्यायपालिकाप्रति जनताको भरोसा न्यून हुदै गएको पनि बताए ।

कार्यक्रममा बोल्दै कम्युनिष्ट नेता गोपाल किराँतीले विप्लब माओवादी माथि लगाइएको प्रतिबन्ध खारेज गर्नुपर्ने बताए । उनले संविधानमा भएका कमीकमजोरीलाई सच्चाएर अगाडि बढ्नु पर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा बोल्दै नरेशजंग पिटरले देशमा भ्रष्टाचार कायम रहेको, संवैधानिक आयोगहरुको अवस्था दयनीय रहेको बताए ।