देश

नेकपा प्रदेश ५ का प्रमुख सचेतकको घरमा विष्फोट गराउने पक्राउ

काठमाडौं, भदौ ६- नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश ५ का संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा विष्फोट गराउने विप्लव नेतृत्वको  २ जना नेतालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सरकारद्वारा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता बिक्रम यादव, रुदल यादव र विष्णुप्रसाद तिवारी मुकेश रहेका छन्।

पक्राउ पर्नेमा विक्रम यादव विप्लव नेकपाको जिल्ला जनसरकार उपप्रमुख, रुदल यादव प्रादेशिक जनसरकार सदस्य र मुकेश विप्लव नेकपाको जिल्ला कमिटी सदस्य रहेको प्रहरीले जनाएको छ।

Featured