देश

अचेत भेटिएका व्यक्तिको मृत्यु

विराटनगर, भदौ ६–मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ । ३१ वर्षीय दिपेश लिम्बूको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

शुक्रबार बिहान १० बजे उनी अचेत अवस्थामा बाटोमा भेटिएका थिए । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि विराटनगर पठाएको थियो । लिम्बूको मृत्युको कारण खुलिनसकेको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक रजकुमार खिउंजुले जानकारी दिए ।

Featured