देश

राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं, भदौ ६-राष्ट्रपति विद्यादेवी भण्डारीले भू-उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई प्रमाणीकरण गरेका छन्।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।