देश

नेपाल पत्रकार महासंघद्धारा पत्रकार हमाललाई रिहाई गर्न माग

काठमाडौँ, भदौ ६–नेपाल पत्रकार महासंघले कास्की शाखाका सदस्य तथा पत्रकार ओम हमाललाई रिहाई गर्न माग गरेको छ । पत्रकार महासंघले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै रिहाई गर्न माग गरेको हो ।

प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको कार्यकर्ता भन्दै पत्रकार हमाललाई शुक्रबार विहान पक्राउ गरेको थियो । हमाल नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य तथा जनसञ्चाल डटकमका सम्पादक हुन् ।

Featured