खेलकुद विदेश

व्याट्सम्यान भिन्सलाई कोरोना संक्रमण

एजेन्सी, २४ कात्तिक-इङ्ल्याण्डका चर्चित व्याट्सम्यान जेम्स भिन्स पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।  सङ्क्रमित भएपछि आगामी पाकिस्तान सुपर लिग (पीएसएल) मा उनको सहभागिता हुने कि नहुने भन्ने बारेमा अनिश्चित भएको छ ।

उनलाई अहिले कुनै लक्षण नदेखिएको र चाँडै नै फेरि परीक्षण गर्ने तयारी भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । अहिलेलाई भने व्याट्सम्यान भिन्सलाई कम्तीमा १० दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने बाध्यता आइपरेको छ । संक्रमण पुष्टि भएको दिनदेखि नै उनी सेल्फ आइसोलेसनमा बसेका छन् ।

कोरोना भाइरसका कारण विश्वका धेरै प्रभावशाली खेलाडी संक्रमित भएका छन् । लामो समय खेल गतिविधि बन्द भए पनि पछिल्लो समय विस्तारै सुरु हुन लागिरहेका बेला खेलाडी संक्रमित हुने क्रम बढेको छ ।