देश मनोरंजन

‘आउ माया साथैमा’मा सरोज र आश्माको नृत्य

काठमाडौं, २३ कात्तिक-प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आउ माया साथैमा’ बोलको गीतमा गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको संगीत रहेको छ । डान्सिङ शैलीमा तयार भएको यस गीतको भिडियोमा काट्रुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ ।  

दर्जनै म्युजिक भिडियो निर्देशन गरिसकेका माइकल चन्दले यस भिडियोको निर्देशन गरेका हुन् । माइकल यस गीतको भिडियोबाट केही आशावादी पनि देखिन्छन् । उनी भन्छन्, ‘गीत आफैँमा राम्रो थियो नै । सोही अनुसार हामीले भिडियोमा निकै मिहिनेत गरेका छौँ । आशा छ, भिडियोलाई दर्शकले मन पराउनु हुनेछ ।’

भिडियोमा माइकल सेट-अप एण्ड डान्स एकेडेमीको कोरियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पदान तथा कलर शिलन लम्सालले गरेका छन् ।

Featured