देश

जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्छ : प्रचण्ड

e08f/L / cfl>tsf] :d[lt lbj; dbg e08f/L / hLj/fh cfl>tsf] @%cf}F :d[lt lbj;sf cj;/df laxLaf/ dbggu/ aNv'df Pdfn]åf/f cfof]lht sfo{qmddf dGtJo JoQm ub}{ g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn . tl:a/ M gljg kf}8]n, /f;;

काठमाडौं, भदौ ६–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने खतरा रहेको बताएका छन् । ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले सत्तामा जानु अघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याए ।

कम्युनिस्ट सरकारको कार्यशैली वास्तविक कम्युनिस्टको चिन्तन र विचार भन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यस तर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याए ।

पूर्वी युरोप, सोभियत संघको उदाहरण दिदै उनले कम्युनिस्ट नेताले सत्तामा पुगेपछि कम्युनिस्ट चिन्तन सिद्धान्तको कार्यशैली विर्सन नहुने बताए । उनले दुई पार्टी मिलेर बनेको ठूलो पार्टी भित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टी जनाए । विगतमा जनताका समस्या बोध गर्ने, अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिस्टहरु अहिले अनुशासनहीन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी गरे ।

अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिद्धताहरु बिर्सदै जाने प्रवृति विश्वभरीका कम्युनिस्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिन तर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले वर्तमान राज्यसत्ता प्राप्तिका लागि विगतमा आफैंले आफ्नै योगदानको अवमूल्यन गर्ने काम नेतृत्वबाट हुन नहुने तर्फ सधै सचेत र सजग हुनुपर्ने आवश्यकता औल्याए ।