देश मनोरंजन

कलाकार अशोक शर्मालाई कोरोना पुष्टि

काठमाडौं, १४ कात्तिक-कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई कोरोना संक्रमण देखिएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा पीसीआर गर्दा शर्मामा कोरोना संक्रमण देखिएको हो ।

 शर्माले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनले आफूसँग सम्पर्कमा आउने सबैलाई सचेत रहनसमेत अनुरोध गरेका छन् ।