खेलकुद देश

एकदिवसीय बरियतामा नेपाल एक स्थान तल झर्याे

काठमाडौं, भदौ ६-अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेर १६ औं स्थानमा पुगेको छ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५ औं स्थान बाट १६ औं मा झरेको हाे। नयाँ वरियता अनुसार नेपालले ८ खेलबाट १९ अकं पाएकाे छ। एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन्।

नेपालले पछिल्लाे पटक एउटा पनि एकदिवसिय अन्तराष्ट्रिय खेलेकाे छैन। अन्तिम पटक ६ महिना अगाडि युएइ विरूद्द तीन खेलकाे सिरीज खेलपछि नेपाली टिम अर्काे एकदिवसीय खेल खेलेकाे छैन।

यता ओमानले डिभिजन लिग २ मा राम्राे प्रदर्शन गरेका कारण नेपाल बरियतामा तल झरेकाे हाे।

एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन्।

Featured