देश

मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौं, ११ कात्तिक-कलाकार मनोज गजुरेललाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । गजुरेलले सोमबार फेसबुकमार्फत् आफूलाई कोरोना पोजिटिभ देखिएको  जानकारी दिएका छन् ।

गत साता दाईलाई अस्पताल लाने, ल्याउने गरेका उनलाई गत बिहीबार सामान्य टाउको दुखेको र शुक्रबार ज्वरो आएको र शनिबार ढाड पनि दुखेको उल्लेख गरेका छन् ।

गजुरेलले कोरोना आशंकामा आइतबार पीसीआर गर्दा सोमबार नतिजा पोजिटिभ आएको हो । उनले बिहीबारदेखि नै आफू आइसोलेसनमा बसेको बताएका छन् ।

Featured