देश

यो वर्ष नेकपाले चियापन कार्यक्रम नगर्ने

काठमाडौं, ११ कात्तिक-सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादसैँ, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । 

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड-१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिए । यसअघिका वर्षका नेकपाले दसैँ-तिहार, छठलको पर्वमा अवसरमा चियापानको आयोजना गर्दै आएको थियो ।

Featured