देश

आज ५७० जनामा कोरोना संक्रमण, ३१६८ जना डिस्चार्ज

काठमाडौं, ११ कात्तिक-गत २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज २ हजार ७ सय २५ को पीसीआर गर्दा ५ सय ७० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । जसमध्ये ४० हजार ६ सय ८१ जना सक्रिय संक्रमित हुन् । १ लाख १८ हजार ८ सय ४३ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

आज ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन् । मंगलबार १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

Featured