देश

रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु

बुटवल,  ११ कात्तिक-कोरोना संक्रमणका कारण रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा ११ की ५० वर्षीया महिलाको गएराति ८ बजेर १७ मिनेटमा र बुटवल १३ का ५२ वर्षीय पुरुषको आज बिहान ६ बजेर २ मिनेटमा बजे कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तिलोत्तमाकी महिलाको पीसीआर रिपोर्ट सोमबार बिहान मात्रै पोजेटिभ आएपछि सोमबार नै अस्पताल भर्ना भएकी उनको साझ मृत्यू भएको हो ।