विदेश

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामको महत्वपूर्ण जीत

एजेन्सी, ११ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ ।  टोटनह्यामले गएराति बर्नलीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।

टोटनह्यामको सन हेङ्ग–मिनले निर्णायक गोल गरे । ह्यारी केनको सहयोगमा सनले ७६ औँ मिनेटमा गोल गर्दै टोटनह्यामलाई महत्वपूर्ण ३ अंक दिलाए ।

सनले यो सिजन लिगमा ८ गोल गरिसकेका छन् । जितपछि पाँचौँ स्थानको टोटनह्यामको ६ खेलबाट ११ अंक भएको छ । गएराति नै सोमबार राति नै भएको खेलमा ब्राइटन र वेष्ट ब्रोमले १–१ गोलको बराबरी खेली अंक बाँडेका छन् ।

Featured