देश

बीपीमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, ११ कात्तिक–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । गएराती १२ बजेर ५५ मिनेटमा प्रतिष्ठानको कोभिड अस्पतालमा सुनसरीको धरानका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार १ कात्तिकमा कोरोना पोजिटिभ देखिएका मृतक पुरुषलाई ८ कात्तिकमा प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । यो सँगै प्रदेश १ मा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७२ पुगेको छ । जसमध्ये १६ जना प्रदेश १ बाहिरका रहेका छन् ।