देश

एक्सपर्ट फाउण्डेसनद्वारा दसैँमा तीन सय जनालाई टीका र खाना

काठमाडौं, १० कात्तिक-काठमाडौंस्थित खुल्ला मञ्चमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसअन्तर्गत स्थापित एक्सपर्ट फाउण्डेसनले सडक मानव, असाहय, यात्रीसहित तीन सय जनालाई टीकाका साथै खाना खुवाएर दसैँ बनाएको छ ।

दसैँको एक दिन भए पनि सबैले खुसी तरिकाले बिताउन् भनेर आज टीका र भोजन खुवाउने कार्यक्रम गरिएको एक्सपर्ट एजुकेशनका नेपाल प्रमुख खेम संग्रौलाले बताए । कोरोना संक्रमण नियन्त्रण गर्न जारी गरिएको लकडाउनले मजदुर, असाहय, सडक मानवलाई अर्थिक संकट परेपछि ७ महिनादेखि ‘हाम्रो टिम नेपाल’ले खाना खुवाइरहेको छ ।

खानाको लागि आवश्यक खर्च विभिन्न दाताहरूले प्रदान गर्ने गरेका छन् । प्राप्त सहयोगबाट खाना खुवाउने काम सेवाभावका साथ भइरहेको बुझेपछि सामूहिक भान्छाका लागि लाग्ने खर्च एक्सपर्ट फाउण्डेसनले उपलब्ध गराएको थियो ।

एक्सपर्ट फाउण्डेसले हरेक वर्ष विभिन्न पारोपकारी कार्यमा सहयोग गर्दै आएको छ । भूकम्प, बाढीपहिरोलगायत विपद्मा पीडित भएकालाई एक्सपर्ट फाउण्डेसले सहयोग र आफ्नो सहभागीता जनाउँदै आएको छ ।

पछिल्लो समयमा कोभिडको कारण अष्ट्रेलियामा अलपत्र परेका नेपालीको उद्धार र संरक्षणको लागि पनि एक्सपर्टले १ लाख ३५ हजार डलर सहयोग गरेको थियो ।

Featured