देश

दसैँमा सुनसान काठमाडौंका सडक

काठमाडौं, १० कात्तिक-यो पटकको दसैँमा काठमाडौंका सडक सुनसान देखिएका छन् । कोरोना संक्रमणले गर्दा दसैँमा खासै भीडभाड नभएकाले सडक सुनसान देखिएका हुन् । 

उपत्यकाभित्र गुडिरहने सवारीसाधन फाट्टफुट्ट देखिएका छन् । उपत्यकाका तीनकुने, नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क क्षेत्र सुनसान छन् । उपत्यकामा संक्रमणको जोखिम बढेसँगै बाहिरिएका फर्किएका छैनन् भने उपत्यकाभित्र रहेका पनि घर बाहिर निस्किएनन् ।

सडकमा सुरक्षा निकायका गाडी, आकस्मिक सेवाका गाडी र आफ्नो अत्यावश्यक कामले हिँडेकाबाहेक अन्य गाडी देखिएका छैनन् । दसैँको मुख्य दिन सप्तमी, अष्ठमी, नवमी र टिकाका लागि सुरक्षा निकायले लागू गरेको सुरक्षा नीतिअनुसार सडकमा सुरक्षाकर्मीको उपस्थिति भने देखिएको छ ।

अघिल्ला वर्षजस्तै दसैँ उल्लाहसमय नभए पनि महत्वपूर्ण चाड र सरकारले नै सार्वजनिक बिदा दिएका कारण अन्य पर्वहरूको भन्दा दसैँको महत्व अलग्गै रहन्छ ।