विदेश

बायर्नको जितमा लेवान्डोस्कीको ह्याट्रिक, डर्टमुन्डद्वारा शाल्के पराजित

एजेन्सी, ९ कात्तिक-साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जीत हात पारेको छ ।घरेलु मैदानमा आइनट्राख्ट फ्रान्कफर्टलाई ५–० गोल अन्तरले हराउने क्रममा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे भने लोरी साने र जमल मुसिआलाले एक एक गोल गरे ।

बायर्नले ५ खेलमा १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । ५ खेलमा ८ अंक जोडेको फ्रान्कफर्ट पाँचौं स्थानमा छ । गएराति नै भएको अर्को खेलमा बोरुसिया डर्टमण्डले साल्केलाई ३–० ले हराएको छ । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको डर्टमण्डले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

डर्टमुन्डका लागि मानुएल आकान्जी, अर्लिङ हालाण्ड र माट हुमेल्सले गोल गरे । जितसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा छ । साल्के ५ खेलमा १ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । अर्को खेलमा आरबी लाइपजिगले हेर्था बर्लिनलाई २–१ ले हरायो । । जितसँगै लाइपजिग ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Featured