देश

बागमतीका मुख्यमन्त्री पाैडेललाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं, ७ कात्तिक-कोरोना पुष्टि भएपछि थप उपचारका लागि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ । बिहीबार कोरोना पुष्टि भएका मुख्यमन्त्री पौडेललाई थप उपचारका लागि शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

 उनलाई हेटौँडाको सामरीस्थित नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरबाट दिउँसो करिब १ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार पौडेलको उपचार गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा हुने छ ।

बिहीबार मुख्यमन्त्रीसहित उनकी श्रीमती, एक सुरक्षाकर्मी, दुई जना चालक र एक जना कार्यालय सहयोगीमा कोरोना पोजिटिभ देखिएको थियो ।