मनोरंजन विदेश

बलिउड हिरोहरूमा सलमान नम्बर १, यस्तो छ अन्यको स्थान

काठमाडौं, भदौ ६-भारतको प्रसिद्ध समाचार नेटवर्क आजतकले कर्भी-इन्साइट नामक संस्थासँग मिलेर गरेको सर्वेक्षण ‘देशका मिजाज’ अन्तर्गत बलिउड अभिनेताहरूका बारेमा गरिएको सर्भे अनुसार सलमान खान पहिलो स्थानमा छन्।

यो वर्ष सलमान खानको फिल्मले औसत मात्र व्यापार गरेता पनि भारतीय जनताले अब्बल नायकहरूको सूचीका लागि सलमान खानलाई सर्वाधिक मत दिएका छन्।

कुल ८ प्रतिशत मतका सलमान अब्बल दरिएका हुन्। सलमानलाई पछ्याउने क्रममा दोस्रो स्थानमा अक्षकुमार (७ प्रतिशत मत) तथा तेस्रो स्थानमा रणवीर सिंह (६ प्रतिशत मत) रहेका छन्।

यस्तै सूचीको चौथो स्थानमा संयुक्त रूपमा अमिताभ बच्चन, साहरुख खान, रणवीर कपुर र अजय देवगन छन्। उनीहरू चारै जनाले ६ दशमलब ५ प्रतिशत मत प्राप्त गरेका थिए। सूचीको पाँचौं स्थानमा दक्षिण भारतका अभिनेता प्रभास, टाइगर श्राफ तथा साहिद कपुर छन्। उनीहरूले पाँचौं स्थानका लागि ६ प्रतिशतभन्दा केही कम मत पाएका थिए।

Featured