देश मनोरंजन साहित्य

लोकगायक मधुरा श्रेष्ठको निधन

दाङ, ६ कात्तिक-लोकगायक तथा अभिनेता मधुराप्रसाद श्रेष्ठको हृदयाघात कारण ७५ वर्षको उमेरमा निधन भएको छ ।श्रेष्ठको घोराही उपमहानगरपालिका- १४ मिलनचोकस्थित निवासमा निधन भएको हो । श्रेष्ठले २०३० सालमा पहिलो पटक रेडियो नेपालमा लोकगीत रेकर्ड गरेका थिए । 

श्रेष्ठ एक कुशल गायक, सर्जक एव सङ्गीतकार रहेका यादव योगीले बताए । श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।२००२ सालमा प्युठानमा जन्मिएका श्रेष्ठको परिवार बसाइसराइ गरी दाङको घोराही आएको थियो ।

Featured