देश

गण्डकी प्रदेशमा आज ८४ जनामा कोरोना संक्रमण

कास्की,  ६ कात्तिक-गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार २ सय ६७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

प्रदेशमा कोरोना सङ्क्रमणबाट हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रीय सङ्क्रमित २ हजार ४ सय ५० जना पुगेका छन् । हालसम्म ३ हजार ७ सय ५८ जना निको भएको निर्देशनालयले जनाएको छ ।