देश

आफूप्रति बदलाको भावना नराख्न श्रेष्ठको आग्रह

पाल्पा, भदौ ६–प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आफूप्रति बदलाको भावना नराख्न आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पामा पत्रकारहरुसँगको भेटघाटका क्रममा अध्यक्ष श्रेष्ठले आफूलाई प्राप्त भएको टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आत्महत्याअघि खिचेको भिडियो सञ्चारमाध्यमलाई उपलब्ध गराएको विषयलाई लिएर आफूमाथि बदलाको भावना साँदिएको बताए ।

उनले उक्त भिडियो पत्रकार पुडासैनीकै परिवारले आफूलाई उपलब्ध गराएको भन्दै आफूले जस्तो पाएको त्यहीनै सञ्चारमाध्यमलाई दिएको जानकारी दिए । आफूले पाप गरेको नभई पत्रकारीताको धर्म मात्रै निर्वाह गरेको तर, कसैसँग व्यक्तिगत दुश्मनी नभएको उनको भनाई थियो ।

Featured