विदेश

कोरोना खोप परीक्षणमा सहभागी स्वयमसेवकको मृत्यु

एजेन्सी, ६ कात्तिक-ब्राजीलमा कोरोना भाइरसविरुद्धको खोप परीक्षणमा सहभागी एक जना स्वयमसेवकको मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार क्लिनिकल परीक्षणका क्रममा एक स्वयमसेवकको मृत्यु भएपनि परीक्षण जारी रहनेछ ।

ब्राजीलमा अक्सफोर्डले बनाएको खोपको परीक्षण भइरहेको छ । रोयटर्सका अनुुसार अक्सफोर्डले परीक्षणलाई निरन्तरता दिने भएको छ । ब्राजीलमा अक्सफोर्डले बनाएको खोपको परीक्षण भइरहेको छ ।

रोयटर्सका अनुुसार अक्सफोर्डले परीक्षणलाई निरन्तरता दिने तयारी गरेको छ । एक वक्तव्यमा भनिएको छ, ‘क्लिनकल परीक्षणको सुरक्षालाई लिएर कुनै चिन्ता छैन ।’

यो खोप एस्ट्राजेनिकाले उत्पादन गर्दैछ । हालसम्म उसको कुनै प्रतिक्रिया आइसकेको छैन । कोरोनाविरुद्धको खोपमा मेनेन्जाइटिसको औषधि पनि परीक्षण भइरहेको छ । उनलाई पनि मेनेन्जाइटिसको खोप दिइएको बताइएको छ ।

Featured