विदेश

अमेरिकी राष्ट्रपति ट्रम्पको बैंक खाता चीनमाः न्यूयोर्क टाइम्स

एजेन्सी, ५ कात्तिक-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनमा बैंक खाता रहेको स्वीकार गरेको न्युयोर्क टाइम्सले जनाएको छ । यो बैंक खाता ट्रम्प इन्टरनेशनल होटल्स म्यानेजमेन्टको नाममा सञ्चालित छ । सन् २०१३ देखि २०१५ को बिचमा यो बैंक खाताबाट स्थानीय कर पनि भुक्तान गरिएको थियो ।

डोनाल्ड ट्रम्पका प्रवक्ताका अनुसार एशियामा होटल क्षेत्रमा सम्झौताको सम्भावनाको खोजीका लागि यो बैंक खाता खोलिएको थियो । राष्ट्रपति ट्रम्प चीनमा व्यापार गर्ने अमेरिकी कम्पनीको आलोचना गर्दै आएका छन् र उनले चीनविरुद्ध व्यापारिक युद्ध छेडेका छन् ।

न्यूयोर्क टाइम्सले डोनाल्ड ट्रम्पको कर रेकर्डबाट उनको यो बैंक खाताबारे पत्ता लगाएको हो । जसमा डोनाल्ड ट्रम्पका व्यक्तिगत र कम्पनीका वित्तीय विवरण उल्लेख गरिएको थियो ।

सन् २०१६–१७ मा ट्रम्प अमेरिकाका राष्ट्रपति बनेका थिए । त्यस समयमा अमेरिकी फेडरल ट्याक्सका रुपमा उनले ७ सय ५० अमेरिकी डलर भुक्तानी गरेको अखबारले आफ्नो पछिल्लो रिपोर्टमा उल्लेख गरेको थियो । यस विषयमा स्पष्टिकरण दिँदै राष्ट्रपति ट्रम्पले आफूले कर कम तिर्ने धेरै नियमको फााइदा उठाएका कारण यति कम कर तिरेको बताएका छन् ।

अखबारको ताजा रिपोर्टअनुसार ट्रम्पको चीनको खाताबाट स्थानीय करमा १ लाख ८८ हजार ५६१ अमेरिकी डलर भुक्तानी गरिएको छ ।  अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । चुनावको प्रचारका क्रममा पनि राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडन और चीनलाई लिएर उनको नीतिको आलोचना गर्दै आएका छन् ।

आफ्नो चुनावी अभियानका क्रममा उनले डेमोक्रेट पार्टीका राष्ट्रपति पदका उम्मीदवार जो बाइडनका छोरा हन्टर र चीनबीच व्यापारिक सम्बन्ध रहेको बताउने गरेका छन् ।

Featured