देश

आज ३ हजार ९३ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ६१ को पीसीआर गर्दा आज ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । योसहित संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । 

त्यस्तै, मंगलबार २ हजार १ सय ८ जना संक्रमणमुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ । गत २४ घण्टामा आठ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।

Featured