देश

उपत्यकामा थपिए आज १७०२ कोरोना संक्रमित

काठमाडौं, ४ कात्तिक-मंगलबार काठमाडौं उपत्यकामा १ हजार ७ सय २ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज उपत्यकाको काठमाडौंमा १ हजार १ सय ३१, भक्तपुर १ सय ४८ र ललितपुरमा १ सय २३ जनामा कोरोना पोजिटिभ देखिएको हो । 

आज देशभर ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ । १३ हजार ८ सय ६१ को पीसीआर गर्दा आज ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । योसहित संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । त्यस्तै, मंगलबार २ हजार १ सय ८ जना संक्रमणमुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।

Featured