देश

प्रहरी हत्याकाण्ड : घटनामा संलग्न सात जना सार्वजनिक

डडेल्धुरा, ४ कात्तिक-कैलालीको धनगढी उपमहानगरपालिका- २ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)  र प्रहरी जवानको हत्यामा संलग्न सात जनालाई सार्वजनिक गरिएको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न सात जनलाई सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न हुनेमा धनगढी उपमहानगरपालिका- १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ का रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

उनीहरूले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा सात जनाको संलग्नता देखिएको जनाएको छ ।

Featured