देश

७ कात्तिकदेखि ११ गतेसम्म वाणिज्य बैंकका सबै शाखा बन्द

नेपाल बैंकर्स संघले यस वर्षको वडा दसैँको बिदामा सबै शाखा बन्द गर्ने निर्णय गरेको छ । बैंकर संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले संघको बैठकले सरकारले दिएको पाँचै दिन बैंकका शाखाहरू बन्द गर्ने निर्णय लिएको जानकारी दिए ।

कोरोना संङक्रमण बढ्दो क्रममा रहेको र क्यास कारोबारको क्रममा जोखिम बढि हुने भएको कारणले पनि यस वर्ष बिदा दिने निर्णय गरिएको शर्माले जानकारी गराए । शाखा बन्द भए पनि एटिएमा, मोबाइल बैंकिङलगायतका विद्युतीय कारोबार भने हुने शर्माले जानकारी दिए ।