एजेन्सी, भदौ ५–आइएनएक्स मिडिया घोटाला काण्डमा भारतका पूर्व अर्थ तथा गृहमन्त्री पी चिदरम्बरमलाई सीबीआई अदालतले २६ अगस्टसम्म हिरासतमा राख्न अनुमति दिएको छ । सीबीआईले अदालतसमक्ष बयानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति मागरेको थियो ।
चिदम्बरमका तर्फबाट पूर्व कानुनमन्त्री कपिल सिब्बलले विशेष अदालतमा बहस गर्दै सीबीआइले चिदम्बरमलाई जानीबुझीकन फसाउन खोजेको बताएका थिए । यो घटनामा अरु अभियुक्तलाई जमानतमा रिहा गरिएकाले चिदम्बरमलाई पनि जमानतमा रिहा गरिनुपर्ने उनको तर्क खारेज गर्दै अदालतले २६ अगस्ट सम्म हिरासतमा राख्न अनुमति दिएको हो ।
अदालतमा सरकारका तर्फबाट तुषार मेहताले बहस गरेका छन् । उनले अनुसन्धानसँग जोडिएका सबै दस्तावेज चिदम्बरमले उपलब्ध नगराएकाले बिना कस्टडीको सोधपुछले अनुसन्धान सम्भव नहुने भन्दै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसमक्ष ५ दिनको म्याद मागेका थिए ।
सिब्बलले मेहताको दाबी खारेज गर्दै यो घटनामा सबैलाई जमानतमा रिहा गरिएकाले चिदम्बरमलाई पनि जमानत दिनुपर्ने माग गरे । उनले चिदम्बरमसँग सीबीआईले ठीक व्यवहार नगरिरहेको समेत बताए ।
चिदम्बरमलाई विदेशी बैंक एकाउन्टका बारेमा सोधिएको प्रश्नमा उनले आफ्नो कुनै विदेशी बैंकमा खाता नभएको बताए । सिब्बलले चिदम्बरमका छोरा कार्ति चिदम्बरमको विदेशमा खाता रहेको तर सो खाता पनि आरबीआईको नियमअनुसार नै रहेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस