देश

वीरगञ्जकाे एक अपार्टमेन्टबाट २२ किलो सुन बरामद

काठमाडौं, १ कात्तिक-पर्साको वीरगञ्जमा २२ किलो सुन बरामद भएको छ । शनिबार प्रहरीले वीरगञ्ज महानगरपालिका- ५, रेशमकोटीस्थित श्रीगणेश एपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं. काेठाबाट उक्त परिमाणकाे सुन बरामद गरेकाे हाे ।

२२ किलो ५६७ ग्राम ताैल रहेकाे साे सुन लुकाई छिपाई राखेकाे भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्र.उ. गंगा पन्तकाे कमाण्डमा खटिई गएको प्रहरी टोलीले बरामद गरेकाे हाे ।

भारतकाे पूर्वी चम्मपारण हरैयानिवासी अशोक सिन्हा बस्ने गरेको साे फ्ल्याटबाट स्थानीय भद्र भलाद्‌मीको रोहबरमा रीतपूर्वक खानतलासी तथा बरामद गरिएकाे र साे सुनका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रमुख प्र.उ. पन्तले बताए ।