देश

सङ्खुवासभामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

सङ्खुवासभा, १ कात्तिक-कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएका धर्मदेवी नगरपालिका-३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १ बजे उनको मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेशनमा बसेका थिए ।सङ्क्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् ।