देश

नेपालभर पछिल्लो २४ घण्टामा ३१६७ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं, १ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा साे संख्यामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ । नेपालमा हालसम्म कुल संक्रमितहरुको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण निकोहुनेहरूको संख्या १ हजार ८ सय छ । यससँगै हालसम्म निको हुनेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।