देश

काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जनामा संक्रमण

काठमाडौं, १ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा साे संख्यामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण देखिएको हाे । नेपालमा हालसम्म कुल संक्रमितहरुको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।