देश

काेराेनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

काठमाडौं, १ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  शनिबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा साे संख्यामा संक्रमण पुष्टि भएको बताएका हुन् । हालसम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा संक्रमण निकोहुनेहरुको संख्या १ हजार ८ सय रहेको छ । यससँगै हालसम्म निको हुनेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा कुल १५ हजार ४ सय ३८ पीसीआर परीक्षण भएको बताए ।हालसम्म नेपालमा १२ लाख ६९ हजार ६ सय ५ पीसीआर परीक्षण भएको छ ।