देश

‘गुण्डा नाइके’ विकास पुन पक्राउ

बुटवल, ३० असोज-विभिन्न मुद्दामा पटकपटक पक्राउ पर्दै छुट्दै आएका दाङ घोराहीका ‘गुण्डा नाइके’ विकास पुन फेरि पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार पुनलाई बिहीबार राति साढे ११ बजे घोराहीको रतनपुरबाट पक्राउ गरिएको हो ।

कुमार घैँटेको इन्काउन्टरपछि पुन दाङमै चन्दा असुलीमा सक्रिय थिए । २०७३ सालमा उनी ज्यान मार्ने उद्योगमा पक्राउ पनि परेका थिए । त्यही मुद्दामा दाङ जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद सजाय तोकेको थियो । त्यसपछि पुन सर्वोच्चमा अपिल गर्न पुगेका थिए । साे मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ ।

Featured