देश

प्राधिकरणबाट आजित भएपछि उद्योगमा आफ्नै आफ्नै थर्मल प्लान्टबाट बिजुली

काठमाडौं, भदौ ६-नेपाल विद्युत् प्राधिकरणको अनियमित विद्युत् आपूर्तिबाट आजित भएर वीरगञ्जका औद्योगिक ब्यबसायीहरुले आफ्नै थर्मल प्लान्ट स्थापना गरी विद्युत् उत्पादन सुरु गरेका छन्।

रुङ्गटा समूहले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा आफ्नै थर्मल प्लान्टबाट उत्पादित बिजुलीबाट असीबी फुड एन्ड फिड प्रालि सञ्चालन गरिरहेको छ। यस उद्योगका लागि प्राधिकरणबाट विद्युत् आपूर्ति लिइएको छैन।

त्यसैगरी मोरङ कटहरी क्षेत्रमा स्थापना भएका झण्डै ४० वटा उद्योगहरु विद्युत् क्षमता नपुग्दा बन्द हुने अवस्थामा पुगेका छन्। यो समाचार आजको आर्थिक अभियानमा प्रकशित छ।

Featured