खेलकुद विदेश

रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, असोज २७-पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रोनाल्डोलाई संक्रमण देखिएको पोर्चुगिज फुटबल महासंघले मंगलबार पुष्टि गरेको छ ।

रोनाल्डोको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आए पनि उनलाई कोरोनासम्बन्धी कुनै प्रकारको लक्षण नदेखिएको महासंघले जनाएको छ ।  पोर्चुगलको टोलीका अन्य सदस्यमा भने संक्रमण देखिएको छैन । उनलाई कोरोना संक्रमण पुष्टिसँगै‌ बुधबार स्विडेनविरूद्धको राष्ट्रिय लिगसहित अन्य केही खेल गुमाउने भएका छन् ।

Featured