देश राजनीति

राप्रपामा एकैपटक ४ सय जना केन्द्रीय सदस्य थप, अब ७२७ पुग्यो

काठमाडौं, २५ असोज-राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार भएको छ । पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आज ४ सय जना थप भएका छन् । थपिएसँगै केन्द्रीय समितिको संख्या ७२७ पुगेको छ ।

एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ । पार्टीले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ ।