देश

एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रालाई साईकल

विराटनगर, भदौ ५–गएको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने श्री बाल माध्यमिक विद्यालय,जतुवाकी छात्रालाई साइकल प्रदान गरिएको छ ।

युवा जागरण संघ नेपालले सो विद्यालयकी छात्रा आशा यादवलाई साइकल प्रदान गरेकोे हो । विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच आयोजक संस्थाका अध्यक्ष भोला यादव र समाजसेवी कन्हैयालाल साहले छात्रा यादवलाई साइकल हस्तान्तरण गरे ।

छात्रा यादव सो विद्यालयबाट गएको एसइई परीक्षामा सहभागि भएर २.६ ग्रेड सहित उतीर्ण भएकी थिइन् । छात्रा यादवलाई उच्च शिक्षा हासिल गर्न सहज होस र अन्य विद्यार्थीलाई समेत उत्कृष्ट नतिजा ल्याउने प्रेरणा मिल्ने उद्धेश्य सहित साईकल प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष यादवले बताउनुभयो । यसैबीच उक्त विद्यालयमा अध्ययनरत बाल कक्षा देखी १० सम्मका सम्पुर्ण विद्यार्थीलाई शैक्षिक सामाग्रि समेत प्रदान गरिएको थियो ।