देश

मुस्ताङमा सवा करोडको लागतमा सिंचाई सुविधा

पोखरा, भदौ ५-मुस्ताङका चराङबासीमा १ करोड १४ लाखको लागतमा सिंचाई आयोेजना सम्पन्न भएको छ । मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउपालिका–१ चराङमा ‘मेकी युरा सिंचाइ आयोजना’ निर्माण सम्पन्न भएको हो ।

आयोजना सम्मपन्न भएपछि सिंचाई अभावमा कृषि उत्पादनबाट बञ्चित हुदै आएका कृषकहरु हर्षित भएका छन् । हिमाली क्षेत्रमा हुने कम बर्षा र सिंचाइ अभाबले अर्गा्निक कृषि उत्पादनबाट बञ्चित हुदै आएका नागरिकहरु सिंचाइको सुविधा पुगेसंगै हर्षित भएका हुन् ।

प्रदेश सरकारको ७९ लाख र लो घेकर दामोदर कुण्ड गाउपालिकाको ३५ लाख गरी कुल १ करोड १४ लाखको लागतमा चराङ खोलादेखी साढे १ किलोमिटरको नहर निर्माण गरि सिंचाइको ब्यवस्था गरिएको हो ।

जिल्लाको विकट स्थानमा सिंचाइको सुविधा पुुगेपछि चराङवासीमा खुसीयाली छाएको गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा बिष्टले बताए । ‘आयोजनाको सञ्चालनसंगै सिंचाइ संगै चराङ लघु जलविद्युत आयोजना सञ्चालन गर्न समेत सहज हुने छ,’ उनले भने ।

सिंचाइ सुविधा पुगेपछि चराङमा अव उवा,फापर, तोरी, आलु, केराउ लगायत विभिन्न कृषि उत्पादनका साथै स्याउ उत्पादनमा समेत सहयोग पुग्ने बिष्टले बताए । ‘मेकी युरा सिंचाइ आयोजना सम्पन्न भइसंगै चराङबासीमा कृषी उत्पादन प्रति नयाँ उस्साह पलाएको छ’ उनले भने ।

चराङमा सिंचाइ नहुदा गाउलेहरुले वर्षमा एक खेतीमात्र गर्दै आइहेको वताउदै विष्टले अव भने गाउँमा सिंचाइ सुविधा पुगेपछि विभिन्न खेतीपातीसँगै स्याउ उत्पादनमा बृद्धी गर्न आग्रह गरे । चराङमा विमानस्थल निर्माणको समेत संभाब्यता अध्ययन हुने वताउदै अव उपल्लो मुस्ताङको समेत बिकास निर्माणको माध्यामबाट बिकटलाई पनि निकट बनाउन तर्फ आफु लागी परेको उनले बताए ।

गण्डकी प्रदेश सभा सदस्य चन्द्र मोहनले मुस्ताङको उत्तरी क्षेत्रहरु सडक सञ्जालले छोइसकेको बताउदै आगामी दिनमा बिकाससंगै कृषी उत्पादनमा समेत ध्यान दिन आग्रह गरे । ‘यहाँ आउने पाहुनालाई उपल्लो मुस्ताङमै उत्पादित खाद्यान्नले धान्ने गरी कृषि उत्पादन गर्न आवस्यक छ,’उनले भने ।

१ सय ६ घरधुरी संख्या रहेको चराङ गाउँमा सिंचाइको सुविधा पुगेपछि स्थानीयहरुमा खुशीयाली छाएको लो घेकर गाउपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले वताए ।

Featured