देश

गोर्खा भर्तीको विषयमा पुनरावलोकन गरिने

काठमाडौँ, भदौ ५–परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोर्खा भर्तीको विषयमा पुनरावलोकन गरिने बताएका छन् । उनले सो विषयमा पछिल्लो समयमा प्रश्न उठेको भन्दै यसमा पुनरावलोकन गर्ने बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा त्रिपक्षीय सम्बन्धको आधारमा बेलायती सेनामा नेपालीले काम गरिरहेको भन्दै उनले अब त्रिपक्षीय सन्धीको सान्दर्भिकता नरहेको मन्त्री ज्ञवालीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका क्रममा संयुक्त विज्ञप्तिमा पनि यो विषय औपचारिक एजेण्डा बनेको पनि उनले बताए । त्यस्तै बेलायती रक्षा राज्यमन्त्री सन् २०१९ को जनवरीमा नेपाल भ्रमणका क्रममा आफूले यो विषय उठाएको पनि उनले बताए ।

गोर्खा भर्तीलाई अब त्रिपक्षीय सन्धीको रुपमा नभई नेपाल र बेलायतबीचको द्विपक्षीय मामिलाको रुपमा समाधान गर्न चाहेको मन्त्री ज्ञवालीले बताए । सांसदहरुले सरकारले गोर्खा भर्तीको समस्या समाधान गर्न आलटाल गरिरहेको आरोप लगाए ।

Featured