देश

५ करोड मुल्यको कोकिन सहित भारतीय नागरिक पक्राउ

काठमाडौं, भदौ ५-लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले करिब ५ करोड मूल्य भन्दा बढीको लागुऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आइभेरीकोस्टका मार्सेल गुली छन्।

ब्युरोको टोलीले बुधबार बिमानस्थलबाट पक्राउ गरेको हो । सुटकेस ब्यागमा १ किलो ६ सय ग्राम कोकिनसहित उनी पक्राउ परेको ब्यूरोका डिआइजी दिनेश अमात्यले जानकारी दिए । उनी कतार हुँदा नेपाल आएका थिए । ती नागरिकले कोकिन भारततिर लैजाने योजना बनाएको अमात्यले जानकारी दिए ।