देश

कर्णालीमा आज ४५ जनामा कोरोना संक्रमण

सुर्खेत, ११ असोज-कर्णालीमा आइतबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना पुष्टि भएको हो । 

संक्रमण पुष्टि हुनेमा सुर्खेतका ३३, सल्यानका ५, दैलेख, जुम्लाका एक/एक र अन्य प्रदेशका ५ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

योसँगै कर्णालीमा कोरोना पुष्टि हुनेको संख्या ३ हजार ४ सय ९ जना पुगेकाे छ । आइतबार कर्णालीका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट १७ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । याेसहित कर्णालीमा कोरोना संक्रबाट निकाे हुनेको संख्या २ हजार ८ सय २७ पुगेको छ ।