देश राजनीति

सरकार काण्डैकाण्डमा फस्यो : उपेन्द्र यादव

काठमाडौं, १० असोज-जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाउँदै लगेको बताएका छन् । आज राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रूपमा धरासायी बनाउँदै लगेको बताएका हुन् । कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिक रूपमा मात्रै नभएर आफू पनि राजनीतिक रूपमा धरासायी बन्दै गएको उनले बताए  ।

‘कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरूमा कम्युनिस्टहरूले मुलुकलाई धरासायी पारे र आफू पनि त्यसरी नै धरासायी भए’ उनले भने, ‘अहिले त्यही बाटोमा नेपाल पनि छ । भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ । यतिका काण्ड त पञ्चायति समयमा पनि भएका थिएनन होला ।’

अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिस्ट पार्टीबाट मुकुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको उनले बताए । जनता उपचार र खाना नपाएर मरिरहेको भए पनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उनले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए ।

लोक समाजवाद (समाजवाद, संघियता र लोकतन्त्र)को बाटोमा हिड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए । आज राजधानीमा भएको एक कार्यक्रमकाबीच विभिन्न पार्टी परित्याग गरेकाहरू जनता समाजवादी पार्टी प्रवेश गरेका हुन् ।

Featured