देश

नेपालगञ्ज स्थित सोल्टी होटलमा क्यासिनो खुल्दै

नेपालगञ्ज, भदौ ५-नेपालगञ्जमा अवस्थित सोल्टी होटेलमा क्यासिनो खुल्ने भएको छ। काठमाडौंको सोल्टी क्राउन प्लाजामा क्यासिनो चलाइरहेको इम्पेरियल इन्टरटेनमेन्टले क्यासिनो खोल्न लागेको हो।

उक्त कम्पनीले नेपालगञ्जमा अवस्थित सोल्टी होटेलमा क्यासिनो सञ्चालन गर्नका लागि उद्योग विभागमा दर्ता समेत गराइसकेको छन्।

होटलको बैंकेट हलमा क्यासिनो खोल्ने तयारी भइरहेको होटलका निर्देशक इन्द्र खड्काले जानकारी दिए। उनका अनुसार अहिले क्यासिनोका लागि फिनिसिङको काम धमाधम भइरहेको छ।

पछिल्लो समय भारतीय सिमानासँग जोडिएका नेपाली सहरमा क्यासिनो खुल्ने लहर चलेको छ। पछिल्लो समय भैरहवापछि नेपालगञ्जका होटलमा पनि क्यासिनो खुल्ने क्रम बढेको छ।

नेपालगञ्जमा सोल्टीसहित २ पाँचतारे होटल सञ्चालनमा रहेका छन्। नेपालगञ्जमा पाँचतारे बाहेक अन्य होटलमा पनि क्यासिनो सञ्चालन भइरहेको छ।

Featured