देश

उपप्रधानमन्त्री यदाव र जयशंकरबीच भेटवार्ता

काठमाडौँ, भदौ ५–नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागि हुन आएका जयशंकर र समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवबीच भेटवार्ता भएको हो ।

भेटमा दुइपक्षिय हितका विषयमा कुरा भएको जनाइएको छ । भेटमा पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसमेत उपस्थित थिए ।

बुधबार नेपाल भ्रमणमा आएका जयशंकरले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । बिहीबार पशुपतिनाथ मन्दिरमा पूजा गरे भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका छन् । उनी बिहीबार नै स्वदेश फर्किने कार्यक्रम छ । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन् ।